वर्षा शिवाकोटीको यस्तो गुनासो…


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  • चैत ८ , काठमाडौं ।अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेको पछिल्लो चलचित्र पुरानो बुलेट शुक्रबारदेखि प्रदर्शनमा छ । चलचित्र राम्रो बनेको भए पनि सिनेमा हलमा दर्शकको उपस्थिति कम हुँदा यसको व्यवसायिक पक्ष चित्तबुझ्दो छैन ।

    आफ्नो चलचित्र सिनेमा हलमा आएकै दिन अभिनेत्री शिवाकोटीले फेसबुकमा आफ्नो चित्त दुखेको आशयको एउटा स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्– ‘न म स्टारकिड, न म कसैको गलफ्रेण्ड, न म हिट ब्यानरको नियमित सदस्य, न म कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर… बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको बिचारी सो कल्ड रिजभ्र्ड आर्टिस्ट अनि हलसम्म मेरा लागि किन जाने ? बेस्ट अफ टाइम । चलचित्रको त के कुरा गर्नु ? हिट एक्टर्स, हिट मुभि ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार