ग्रिजम्यान भन्छन् :-” मेस्सीसँगै खेल्न आतुर छु ।”


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ५, २०७६

  • काठमाडौं । साउन ५ । एन्टोनी ग्रिजम्यानले बार्सिलोनामा लिओनल मेस्सीसँगै खेल्न आफू आतुर रहेको बताएका छन् । हालै मात्र एथ्लेटिको मड्रिड छाडेर बार्सिलोना गएका गि्रजम्यान जापान टुरमा छन्, तर अर्जेन्टिनी स्टार मेस्सी कोपा अमेरिकापछि आराममा छन् ।

    स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा फ्रान्सली स्ट्राइकर ग्रिजम्यानले भनेका छन्, ‘हो (मेस्सीसँगै खेल्नु) आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि उनी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

    ग्रिजम्यानले गत मेमा नै सिजनको अन्त्यमा एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका थिए ।

    तर गत साता १२० मिलियन युरो रिलिज क्लज तिर्न बार्सालोना तयार भएपछि ग्रिजम्यान नाउ क्याम्प आए ।

    बार्सिलोना अनुवन्धित हुनासाथ आफूले बाबालाई कल गरेको र खुसीले रोएको उनले सुनाए । यद्यपि एथ्लेटिको मड्रिडप्रति आफ्नो सम्मान रहेको ग्रिजम्यानले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार