माइकल चेकवमाथि नाट्य कार्यशाला


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १८, २०८०

  • काठमाडौं  । नेपालमा माइकल चेकव पद्धतीमा कार्यशाला हुने भएको छ ।  यो कार्यशाला रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरिएको छ ।  यो पटक रसियन हाउस कमलपोखरीको सहयोगमा यो कार्यशाला सञ्चालन गरिँदै छ । चैत्र १७ गतेदेखि २६ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल पनि जोडिएका छन् । यो कार्यशालामा विभिन्न थिएटरबाट २५ जना रङ्गकर्मीहरु सहभागी हुनेछन्  । यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतीलाई फैलाउनु रहेको छ ।

    यसपाली अनुभवी गुरु  योर्ग आन्द्रेस (Joerg Andrees) आएका छन् ।  उनी माईकल चेवक अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्  । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन्  । विभिन्न देशमा माईकल चेकव पद्धतीको तालिम दिँदै हिड्छन्  । नेपाल आउनु अघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।

    नेपालमा धेरै थिएटरहरू छन् । रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु छन् । तर कुनै विषेश पद्धती छैन । शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भईरहेका छन् । नाटक तयार भईरहेका छन् । दिग्गज प्रशिक्षकहरूले मैले यो पद्धतीमा  तपाईंहरू अभिनय सिकाउँदै छु भनेर भन्दैनन्  । स्तानिस्लाभास्की नेपालमा चर्चित छन् । स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी थिए माईकल चेकव  । माईकल चेकव र स्तानिस्लाभास्की  दुवैको तौरतरिका फरक छ । माईकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवा भतिजा हुन्  । स्तानिस्लाभास्कीले समेत माईकल चेकवको पद्धतीको प्रसंसा गरेका थिए । नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतीमा अभिनय सिकाउन थालिएको छ ।

    जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे । उनी रसियाबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धती फैलाउन थाले । पश्चिमी समाजमा माईकल चेकवको पद्धती चर्चित छ । ओस्कार बिजेता धेरै कलाकारले यो पद्धतीमा काम गर्छन्  ।

    यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ । गत वर्ष यहि समयमा यो पद्धतीको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिईन्  । उनले दुई महिना लामो कार्यशाला चलाईन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार