प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १९, २०८१

  • काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक भएको छ । राम शर्माको शब्द, रोशन सिंहको संगीत र विशाल निरौलाको एरेन्ज रहेको यस गीतको भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय गरेका छन् ।


    म्युजिक भिडिओको कथा र निर्देशन विक्रम चौहानको हो । यस भिडिओमा विवाहित जोडीको कथा देखाइएको छ । बुद्ध थापाको छायांकन रहेको यस भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् । युवा सञ्चारकर्मी लक्ष्मण शर्मा ‘किन रूनु हुन्न र मर्दले’ भिडिओका निर्माता हुन् ।
    यस म्युजिक भिडिओलाई ‘आरएल क्रियशन’ युट्युब च्यानल हेर्न सकिन्छ ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट