‘ग्लोबल कन्सल्ट’ पुतलीसडक ब्रान्च अब नयाँ सेवा सुबिधासहित पुतलीसडक लालुपाते मार्गमा,


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ ८, २०८२

  • काठमाडौँ । विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट कन्सल्टेन्सी पुतलीसडक ब्रान्च अब पुतलीसडकस्थित लालुपाते मार्गको भवनमा स्थानान्तरण भएको छ ।

    विद्यार्थीहरुलाई ध्यानमा राखी पुतलीसडकस्थित ब्रान्चलाई नयाँ ठाउमा स्थान्तरण गर्दै विभिन्न अफरहरु घोषणा गरेको छ । आफ्नो ब्रान्च स्थानान्तरणको अवसरमा आईईएलटीएस, पीटीर्ई पढ्न चाहने विद्यार्थीहरुलाई तीन महिनासम्म निःशुल्क गर्ने घोषणा गरेको छ । विशेष गरेर प्लस टु पास गरेर बसेका बिद्यार्थीहरुलाई मध्यनजरमा राखी यो अफर ल्याएको ग्लोबल कन्सल्टका म्यानेजिङ डाईरेक्टर बसन क्षेत्रिले बताएका छन् ।

    उक्त ब्रान्चको स्थानान्तरण शुभारम्भ कार्यक्रममा प्रमुख अतिथी प्याब्सनका अध्यक्ष डि.के ढुंगानाले उद्घाटन गरेका हुन् । कार्यक्रममा ग्लोबल कन्सल्टका म्यानेजिङ डाईरेक्टर बसन क्षेत्रि, नवराज पौडेल, मिनभवन ब्रान्चका म्यानेजिङ डाइरेक्टर भोजराज न्यौपाने, समाजसेबि बलराम श्रेष्ठको उपस्थीति रहेको थियो ।

    ‘ग्लोबल कन्सल्टले विद्यार्थीलाई गुणस्तरीय र सहि शैक्षिक परामर्श सेवा सुनिश्चित गराउने एक मात्र उद्देश्य लिएको छ ।’ ग्लोबल कन्सल्टका म्यानेजिङ डाइरेक्टर बसन क्षेत्रिले भने । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ग्लोबल पन्ध्र वर्षको अवधिमा स्वदेश तथा विदेशमा गरी बाह्र वटा ब्रान्च फैलाउन सफल भएको छ ।

    ग्लोबल कन्सल्टले अष्ट्रेलियामा हजारौं विद्यार्थी र स्थायी वसोवासका लागि भिसा प्रक्रियाका लागि परामर्शदाताको रुपमा काम गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका अध्यक्ष डिके ढुंगानाले शुभकामना दिदै पुतलीसडकस्थित नयाँ भवनमा स्थानान्तरण कन्सल्ट अझै धेरै सेवा बिस्तार गर्दा ब्यापार व्यबसायलाई थप सहयोग पुग्ने बताउनु भएको छ । ग्लोबल कन्सल्टले उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानाडा, न्युजिल्यान्ड लगायतका देशमा पढ्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल कन्सल्टले विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकद्वारा अन्तर्राष्ट्रिय स्तरको आईईएलटीएस, पीटीर्ई निःशुल्क कक्षा सन्चालन भईरहेको जानकारी दिएको छ । विद्यार्थीहरु अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि परामर्श आवश्यक परेमा परामर्श सेवा उपलब्ध गराउने म्यानेजिङ डाईरेक्टर बसन क्षेत्रिले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट