
काठमाडौं। पर्सा क्षेत्र नम्बर ३ का युवा नेता रुपेश पाण्डेयले संविधानको परिधिभित्र रहेर सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलना क्रममा देशभर भएका जननो क्षति लगायतका दुखद घटनाप्रति चिन्ता व्यक्त गर्दै पाण्डेयले यस्तो बताएका हुन् ।
विषम परिस्थिति रहेको भन्दै उनले अहिले संविधान र नेपाललाई जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताए।
‘संसद् भवन,सिंहदरबार,राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायत अधिकांश भवनहरू जलेका छन् । यतिमात्र नभएर निजी भवन, सुपरमार्केट उद्योगहरू पनि जलेका छन् । यस्तो अवस्थामा सुझबुझपूर्ण तरिकाले निर्णय लिएर मुलुकलाई नयाँ दिशा दिनुपर्छ,’ उनले भने ।
उनले संविधान अनुसार नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए। अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ, यसलाई संविधान अनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने ।
पछिल्लो समय राजनीतिक दल र दलका नेताहरूले नागरिकमा उत्साह जगाउने काम गर्न नसक्दा विषम परिस्थिति निम्तिएको उनको भनाइ छ ।