
काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाण्डौँ जिल्ला अन्तर्गत टोखा नगर कमिटिको आयोजनामा एक हप्ते फेसन डिजाइन तालिम सम्पन्न भएको छ ।
ऊक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाण्डौँका अध्यक्ष उद्धब थापा मगरले मेसिन चलाएर कार्यक्रम उद्घाटन गरेका थिए । विशिष्ट अतिथिमा काठमाडौँ जिल्लाको वरिष्ठ उपाध्यक्ष भिम दर्नाल, राष्ट्रिय महिला उद्यमी ललितपुरकी संयोजक अप्सरा सापकोटा, काठमाडौं जिल्ला सचिव तिलु गुरुङ, कोषाध्यक्ष शारदा श्रेष्ठ, राष्ट्रिय महिला उद्यमी सचिव कृष्ण नेपाल, टोखा नगर कमिटिका सल्लाहकार प्रकाश गौतमको उपस्थिती रहेको थियो ।

ऊक्त कार्यक्रममा चर्चित फेसन डिजाइनर ज्वालाराज पोखरेल प्रशिक्षकका रुपमा रहेका थिए ।