‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ २१, २०८१

  • काठमाडौँ । काठमाडौँमा ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुने भएको छ । भोलीदेखि आयोजना हुने यो महोत्सव रोयल इभेन्टस् नेपाल र अल नेपाल फार्मको संयुक्त आयोजनामा हुन लागेको हो ।

    जुम्ला, मुस्ताङ र बाजुरा जिल्लाका १ सय पालिका भन्दा बढी किसानहरुबाट स्याउ आयात गरेर महोत्सवको आयोजना गर्न लागिएको हो । स्थानीय सरकारले गुणस्तरीय स्याउ पठाउन सहयोग र समन्वय गरेमा उत्कृष्ट फार्मलाई १० लाख रुपैंयाँ सहित पुरस्कृत गर्ने घोषणा गरिएको छ । नेपाली स्याउको उत्पादन वृद्धि गर्न, देश तथा विदेशमा नेपाली स्याउप्रतिको आकर्षण बढाउन, नेपाली किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्याउको पहुँच पु¥याउँन यस उत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    ‘नेपालमा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउँन यो महोत्सब गर्न खोजेका हौं ।’ रोयल इभेन्टस् नेपालका अमृत शाही ठकुरीले भने, ‘नेपालमा स्याउ उत्पादन हुने सम्भावित जिल्लालाई ‘एप्पल टुरिज्म’ का रुपमा विकास गर्न हामी अभियान चलाउँनेछौं ।’ हाल नेपालमा वार्षिक करिब १७ अर्ब रुपैंयाँ बराबरको स्याउ विदेशबाट आयात हँुदै आउनु उनले दुखद भएको बताए । नेपालमै प्रशस्त सम्भाबना भएकाले बाहिरबाट आयातमा न्युनिकरण गर्न यस महोत्सबले भूमिका खेल्ने उनले बताए ।

    महोत्सव अंग्रेजी नयाँ वर्ष २०२५ सम्म चल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट