
काठमाडौँ । भक्तपुरस्थित बिज् एजुकेसनले भोली (फागुन २३) देखि ग्रान्ड युके एड्मिसन रोड शो आयोजना गर्दैछ । तीन वटा फरक स्थानमा बिज् एजुकेसनले ग्रान्ड युके एड्मिसन रोड शो आयोजना गर्न लागेको हो ।
जसमध्ये पहिलो दिन भक्तपुरको गठ्ठाघरस्थित बिज् एजुकेसनकै कार्यालयमा ग्रान्ड युके एड्मिसन रोड शो हुँदैछ । फागुन २४ गते डिल्लीबजार र २६ गते हेटौंडामा रोड शो हुँदैछ ।
बेलायतस्थित २० वटा भन्दा बढी बिभिन्न विश्वविद्यालयका ८ जना प्रतिनिधीहरु यस रोड शो मा सहभागी हुँदैछन् । बेलायत अध्ययन गर्न चाहने विद्यार्थीहरुले सिधै विश्वविद्यालयका प्रतिनिधीहरुसँग शैक्षिक परामर्श लिन सक्नेछन् ।
बिहान १० बजेदेखी ४ बजेसम्म सञ्चालन हुने यस रोड शो मा शैक्षिक परामर्श बाहेक अन्य आकषर्णहरु पनि रहेका छन् । बिज एजुकेसनका अनुसार यस कार्यक्रममा सहभागी हुने कसैले पनि खाली हात फर्किनु पर्ने छैन । लक्की ड्र मार्फत बिभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।
यसैगरी रोड शोमा सहभागी हुने विद्यार्थीहरुलाई अध्ययनका लागि बेलायत जाने क्रममा निःशुल्क प्रोसेसिङ र निःशुल्क आईइएलटिएस पढ्न पाईने सुविधा प्रदान हुनेछ । कार्यक्रममा कलाकार जितु नेपाल, लिसन खड्का, फुटबलर उपेन्द्रमान सिंह, नेश्नल ब्याड्मिन्टन खेलाडी स्वर्लिन श्रेष्ठको उपस्थिीति रहनेछ । इच्छुकहरुले यस रोड मा रक्तदान पनि गर्न सक्नेछन् ।
विद्यार्थीहरुलाई शैक्षिक परामर्शमा सहयोग पुग्ने उद्देश्यले यस प्रकारको रोड शोको आयोजना गरिएको बताउँछन्, बिज् एजुकेशनका निर्देशक हरि कार्की । बिज् एजुकेशनले हरेक वर्ष यस्ता इभेन्टहरु निरन्तर आयोजना गर्दै आएको छ ।