
काठमाडौं । यमपञ्चक अर्थात तिहार आजदेखि आरम्भ भएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाउने गरिन्छ । तिहारको अवसरमा पर्साका युवा नेता रुपेश कुमार पाण्डेले सबै नेपालीहरुलाई शुभ कामना सन्देश प्रदान गरेका छन् ।
‘हाम्रो देश, समाज र जनताको जीवनमा आर्थिक समृद्धि, इमानदार नेतृत्व र पारदर्शी शासन ल्याओस् । साँचो सेवाभावका साथ जनताको पक्षमा उभिन सक्नेनेता र नागरिक दुवैमा सचेतना र सकारात्मक सोचको उज्यालो फैलियोस् ।’ पाण्डेले शुभकामना सन्देशमा लेखेका छन्, ‘जनताको विश्वास, देशको विकास र न्यायपूर्ण समाजलाई प्राथमिकतामा राख्दै यिनै लक्ष्यका साथ अघि बढौं ।’ उनले सेवा, समर्पण र सत्य नै आफ्नो सम्पत्ति भएको बताएका छन् ।