मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर १०, २०८१

  • काठमाडौँ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसर पारेर शान्ति फाउण्डेशनले ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । मंसिर १० गते देखि २५ सम्म मनाउँदै आएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई निरन्तरता दिदै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
    नेपाल सरकार महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र बिभिन्न संघसंस्था संगको समन्वयमा एक सय बढि सामाजिक संघसंस्था तथा व्यक्तिहरुको उपस्थितिमा माईतिघरबाट प्रभातफेरी कार्यक्रमको शुरुवात गरी भृकुटिमण्डपमा कोणसभा आयोजना गरिएको थियो ।


    कार्यक्रममा नेपाल सरकार महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री नवल किशोर साह सुडीको प्रमुख आथित्य र राष्ट्रिय महिला आयोगका अध्यक्ष श्री कमला पराजुलीको बिशेष अथितिको रुपमा रहेका थिए । उक्त कार्यक्रममा शान्ति फाउण्डेशनद्वारा ऐक्यबद्धता जनाउँदै माईम शो नाटक समेत प्रदर्शन गरिएको थियो । अनलाईनद्वारा हुने मानव बेचबिखनको बारेमा सचेतनामुलक नाटक प्रदर्शन गर्नुको साथै मानव बेचबिखन पीडित तथा प्रभावितहरुले भोग्नु परेको अनुभवलाई ¥याप गितको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

    संस्थाले लैङ्गिक हिंसा बिरुद्धको अभियान १६ दिन मात्र नभई वर्षभरी नै विभिन्न कार्यक्रमहरुमार्फत निरन्तर वकालत तथा पैरवी गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । शान्ति फाउण्डेशन मानव बेचबिखन प्रभावित तथा एच.आई.भी संक्रमित महिलाहरुद्वारा स्थापना तथा संचालन गरिएको गैर नाफामुलक संस्था हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट