
काठमाडौँ । ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) संघले ध्यानाकर्षण गराएको छ । आइतबार संघका महासचिव प्रविन भट्टराई र अन्य सदस्यहरूको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हिला भ्याट सहित एक हजार पन्ध्र रूपैयाँ शुल्क राखिएको थियो । अहिले एकै पटक सात हजार रूपैयाँ शुल्क तोकिएको छ । ‘ड्रोन दर्ता शुल्कमा करिब ४ सय गुणा वृद्धि गरिएकोमा संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
‘यस्तो महत्वपूर्ण नीति गत निर्णय लिदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक छ,’ आइतबार संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौं । यो विषयमा प्रत्यक्ष छलफल गर्न मन्त्रालयसँगको बैठकको माग गर्दछौं ।’
ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्वपूर्ण भूमिका खेलेको महासचिव प्रविन भट्टराईले बताए ।
विनामानवयुक्त विमान संघ नेपाल (अन्म्यान्ड् एयरक्राफ्ट एशोसियसन नेपाल) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।’