न्युयोर्क । न्युयोर्कका पासाङ शेर्पाको कोरोना महामारीमा आधारित संस्मरण पुस्तक ‘बिहाइन्ड द मास्क’ अमेरिकाको ‘बेस्ट बुक अवार्ड’ मा अन्तिम छनोटमा परेको छ। अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा उनको पुस्तक ‘नन-फिक्सन क्रियटिभ’ विधाअन्तर्गत अन्तिम चारमा पर्न सफल भएको हो।
अमेरिकन बुक फेस्ट मूलधारका, स्वतन्त्र र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय पुस्तक पुरस्कार कार्यक्रमहरूमध्येको एक हो।
यस वर्षको प्रतियोगितामा पेन्गुइन र्यान्डम हाउस, एचसीआई, साइमन एण्ड शुस्टर, ह्याचेट युके, विली, रोम्यान एण्ड लिटिलफिल्ड, रुटलेज, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेस, स्ट्यानफोर्ड युनिभर्सिटी प्रेस, द ह्वाइट हाउस हिस्टोरिकल एसोसिएसन, इनर ट्रेडिसन, डे ग्रुइटर, शी राइट्स प्रेस, आइडियाप्रेस पब्लिशिङ, पोस्ट हिल प्रेस र सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र प्रकाशकहरूले योगदान दिएका थिए। १०० भन्दा बढी श्रेणीमा ४०० भन्दा बढी विजेता र फाइनलिस्टहरूको घोषणा गरिएको थियो।
