सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ १३, २०८२

  • पोखरा । युवा व्यवसायी राजु खड्का राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । पोखरामा जारी जारी १० औं महाधिवेसनमा समाजसेवी तथा व्यवसायी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

    कोभिड १९ ले निम्त्याएको विपत्तिमा खड्काले राहत तथा खाद्यान्न वितरण गरेर सहयोग पुर्‍याएका थिए । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार लेखा आयोगको उपाध्यक्षमा अमित कार्की र सचिवमा लोकेश पाल निर्विरोध निर्वाचित भएका हुन् । यस्तै ६४ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

    अध्यक्ष सहित अन्य पदका लागि भोली बिहानदेखी मतदान हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट