विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ११, २०८१

  • काठमाडौँ, ११ साउनः बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ ।

    विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले आज शव बुझ्नुभएको जनाइएको छ । बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आउनुभएको छ । विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको थियो । उहाँको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट