अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन २६, २०८१

  • लेखक तथा सम्पादक दोशन दाहालद्वारा लिखित नयाँ पुस्तक बजारमा आएको छ – शरीरमा आत्माको यात्रा । यो पुस्तकले अहिले बजारमा चलिरहेका पुस्तकभन्दा नयाँ स्वाद दिने लेखक दाहाल बताउँछन् । उनका अनुसार छ हजार जनाभन्दा बढी मानिसमाथि अध्ययन–अनुसन्धान गरेपछिको निचोडका रुपमा यो पुस्तक लेखिएको हो । यो नेपाली माटोमै जन्मिएको मौलिक ज्ञान समेटिएको पुस्तक हो । वर्षौंदेखि हजारौँ मानिसलाई पूर्वजन्म–चिकित्सा गराइसकेका लाफ्टर बाबाले यस पुस्तकमा निम्ति चाहिने सामग्री जुटाउन सहयोग गरेका थिए ।

    लेखक दाहालले बाबाजीले पूर्वजन्म गराइरहेका सत्रहरुमा आफैँ उपस्थित भएर हेरेका तथा अनुभव गरेका थिए । पुस्तकमा पूर्वजन्मको अनुभव गरेका मानिसमध्येका केही प्रमुख घटना उल्लेख छन्; जसमा पृथ्वीनारायण शाह, भीमसेन थापालगायत कुनै समयका इटलीका राजाहरुसमेतका प्रसङ्ग उल्लेख छन् ।

    मेरो जीवन यो रुपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरु पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो – जीवनसँग सम्बन्धित यी र यस्ता अनगिनत प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।

    आफ्ना विभिन्न पूर्वजन्महरुमा पुगेर मृत्यु, मृत्युपछि र जीवनअघिको अवस्था तथा लोकलोकान्तरहरुको रोमाञ्चक यात्रा गरेका मानिसहरुको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि । पूर्वजन्मको अनुभव गरेका हजारौँ मानिसको सत्य घटना र अनुभवमा आधारित यस पुस्तकले नयाँ शोध गर्न सकिने एउटा नयाँ बाटो देखाइदिएको छ । आजका हरेक मानिसले, विशेष गरी युवावर्गले यस विषयमा किन जान्नुपर्छ र आफ्नो जीवनको रथलाई सही दिशामा कसरी रुपान्तरण गर्ने भनेर खुलस्त पारिदिएको छ ।

    पुस्तकको उद्देश्य मानिसहरुलाई पूर्वजन्मप्रति विश्वास दिलाउनु नभई नेपालको मौलिक ज्ञानका बारेमा जानकारी दिनु रहेको लेखकको भनाइ रहेको छ । पूर्वजन्ममा रुचि हुने या नहुने दुवै थरी पाठकका निम्ति पुस्तक पठनीय रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट