माथिल्लो मुस्ताङमा खिचिएको सुमनको ‘तिमी बिना सक्दिन’ गीत विमोचन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १८, २०८०

  • काठमाडाौ । गायक सुमन बिटीको ‘तिमी बिना सक्दिन’ बोलको गीत विमोचन गरिएको छ । शनिबार बालाजुस्थित सगुन क्याफेमा आयोजित एक कार्यक्रमबिच गीतको भिडिओ विमोचन गरियो । गीतमा सुमनसागै अन्नु चौधरीको स्वर रहेको छ ।

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष गायक प्रकाश कटुवालले गीतको अडियो र भिडिओको गुणस्तरबारे तारिफ गरे । ‘गीतको भिडिओ निर्माणका लागी मुस्ताङ पुग्नुभएको रहेछ । अडियो अनुसार भिडिओ निर्माण राम्रो भएको छ । सफलताको शुभकामना दिन चाहन्छु ।’ प्रमुख अतिथि कटुवालले भने । ‘साथै गायक सुमन जि यसअघि पनि निकै राम्रो गीत दर्शक तथा स्रोतामाझ ल्याइराख्नुभएको सर्जक हुनुहुन्छ । यो गीत पनि लोकप्रिय बन्ने देख्छु ।’

    कार्यक्रमका सभापति आयोजक संस्थाका अध्यक्ष सन्चारकर्मी चन्द्रमणी गौतमले दिनहुा दर्जनौं गीतको भिडिओ सार्वजनिक भइरहेको अवस्थामा फरक र सुन्दर गीत ल्याएकोमा गायक सुमन बिटीलाई बधाई तथा शुभकामना दिए । साथै गौतमले गीतको प्रमोशनमा सहयोगका लागी सम्पुर्ण संगीतकर्मी तथा सन्चारकर्मीहरुलाई आग्रह गरे ।
    गीतको भिडिओमा गायक सुमन स्वयको अभिनय रहेको छ । सुमनसागै अभिनयमा अश्विनी शाहीले साथ दिएकी छिन् । यस्तै गीतमा रबिन भुसालको लय र शब्द रहेको छ । एरेन्ज बिशाल निरौलाले गरेका हुन् ।

    माथिल्लो मुस्ताङमा तीन दिन लगाएर खिचिएको भिडिओलाई दिनेश पराजुलीको समूहले खिचेको हो भने कोरियोग्राफी र निर्देशन बिशाल नेपालीले गरेका हुन् । भिडिओ सम्पादनको काम अमृत चापागाईंले गरेका छन् । गायक सुमनले गीतमा लगानी धेरै भएको बताए । उनी भन्छन्, ‘यति नै लगानी भएको भनेर संख्यामा भन्नु भन्दा पनि ठाउाको हिसाबले पनि लगानी धेरै भएको छ । तीनदिन पुरा मुस्ताङमा बसेर छायांकन गरेका हौं । हाम्रो चाहना भिडिओ राम्रो बनाउा भन्ने हो ।’ गायक सुमनले शुक्रबार नै युट्युवमा भिडिओ अपलोड गरेर विमोचन कार्यक्रम शनिबार राखेको जानकारी दिए ।

    दर्जनौं गीतमा स्वर दिएका गायक सुमनको यसअघिको ‘तिमी र म जाम माया कहिा टाढा’ बोलको गीत चर्चित छ । उक्त गीतले युट्युवमा करोडमाथी भ्युज पाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार