सत्याल लर्निङद्वारा शिक्षामा क्रान्तिकारी दृष्टिकोण प्रस्तुत


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १४, २०८०

  • विराटनगर । सत्याल द अनलाइन लर्निड प्लाटफर्म प्रा.लि.ले शैक्षिक नवप्रवर्तनमा अग्रगामी शक्ति गर्वका साथ आफ्नो नवीनतम उद्यम, सत्याल लर्निङ परिचय गराएको छ । स्वर्गीय प्रकाशक अजय कुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेशनको सम्मानित विरासतमा आधारित सत्याल लर्निङले डिजिटल शिक्षामा नयाँ युगको प्रतिनिधित्व गर्ने जमर्को गरेको छ ।

    पहिलो पटक २०७९ सालमा प्रक्षेपण गरेपनि पुनः पूर्व–प्रक्षेपण गरिएको थियो । हाल नयाँ परिवर्तनहरू गरेर यसलाई आधिकारिक रूपमा सार्वजनिक गरिएको छ ।
    सत्याल प्रकाशन २०४१ सालमा सत्याल बुक्स सेन्टरको रूपमा नेपालको औद्योगिक सहर विराटनगरमा स्थापना भएको थियो । जुन सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित शैक्षिक प्रकाशन गृहको रूपमा छिट्टै प्रसिद्ध बन्यो । सत्याल पब्लिकेशन शिक्षाको क्षेत्रमा पहिलो निजी क्षेत्र हो, जसलाई सत्याल प्रकाशन शिक्षक तालिम परियोजना (एस्पिटिपी) पनि समेत चलाएको थियो ।

    सत्याल द अनलाइन लर्निड प्लाटफर्म प्रा.लि.का २३ वर्षीय युवा उद्यमी कार्यकारी अध्यक्ष तथा सीईओ आर्यन सत्यालको नेतृत्वमा यो विरासतलाई सत्याल लर्निङमार्फत डिजिटल क्षेत्रमा विस्तार गर्ने योजना बताए । सो योजनाले विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ अनुभवलाई अभिवृद्धि गर्नका लागि नयाँ डिजिटल शैक्षिक सुविधाहरू प्रदान गर्ने छ ।

    सत्याल लर्निङले हाइब्रिड क्लास तथा टेस्ट, सत्याल पब्लिकेशनद्वारा ई–पुस्तकालयहरू, स्मार्ट क्लासहरू, अनलाइन ट्युटोरिङ सपोर्ट, प्रश्न बैंकहरू र हाइब्रिड असाइन्मेन्ट सुविधाहरू सहित अत्याधुनिक सुविधाहरूको प्याकेज ल्याएको छ । यो प्लेटफर्म अन्तरक्रियात्मक र आकर्षक सिकाइ अनुभवहरूलाई बढावा दिनको लागि डिजाइन गरिएको हो जसले विद्यार्थीहरूलाई उत्कृष्ट बनाउँने सोच लिएको छ ।

    ‘प्रविधिको माध्यमबाट शिक्षालाई अगाडि बढाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो, विराटनगरमा सत्याल लर्निङ सुरु गर्न र प्रदर्शन गर्न पाउँदा हामी उत्साहित छौं ।’ कार्यकारी अध्यक्ष र सीईओ आर्यनले भने, ‘हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई उच्च गुणस्तरको शैक्षिक स्रोत उपलब्ध गराउनु हो ।’ स्वर्गीय बुवाले शिक्षा क्षेत्रमा जुन यात्रा सुरु गर्नुभयो, त्यसैलाई डिजिटल यात्रामार्फत सञ्चालन गर्न लागेको उनले बताए ।

    सिकाइ अनुभवमा क्रान्तिकारी परिवर्तन गर्नुका साथै मानसिक विकासका लागि सत्याल द अनलाइन लर्निड प्लाटफर्मले महत्वाकांक्षी योजनाहरू अगाडी सारेको छ । कम्पनीले १० हजार शिक्षकहरूलाई आंशिक रोजगारी प्रदान गर्ने र थप समावेशी र पहुँचयोग्य शिक्षा प्रणालीको लागि मार्ग प्रशस्त गर्ने स्मार्ट बोर्डहरू, डिजिटल सफ्टवेयर जस्ता डिजिटल पूर्वाधारहरूले नेपालभरका विद्यालयहरूलाई सेवा दिने लक्ष्य राखेको छ ।

    सत्याल लर्निङले हरेक तहमा विद्यार्थीहरूको आवश्यकता अनुरूप सस्तो मूल्य निर्धारण योजनाहरू प्रदान गर्ने छ । मूल्य निर्धारण विकल्पहरूमा प्रति महिना रु ४ सय ४०, १ जार २ सय ५० त्रैमासिक, रु २ हजार ४ सय २० अर्धवार्षिक, र रु ४ हजार ४ सय वार्षिक शुल्क समावेश छ ।

    सत्यल लर्निङको औपचारिक शुभारम्भ र प्रदर्शन प्याब्सन मोरङ, विराटनगरमा भएको थियो । जहाँ प्याब्सन विराटनगर अन्तर्गतका विभिन्न विद्यालयका ६० भन्दा बढी व्यक्ति र विद्यालय सञ्चालकहरू यस ग्राउन्डब्रेकिङ प्लेटफर्मको अनावरण हेर्न भेला भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार