च्याम्पियन्स लिगको फाइनलमा हृयारी केन ठीक होलान् त ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २७, २०७६

  • काठमाडौं, २७ वैशाख ।  टोटनहृयामका फरवार्ड हृयारी केनले च्याम्पियन्स लिगको फाइनल अघि आफू फिट हुनेमा विश्वास व्यक्त गरेका छन् ।
    बुधबार राति आयाक्सलाई उसैको घरेलु मैदानमा च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा ३-२ गोलअन्तरले पराजित गर्दै अवे गोलको आधारमा टोटनहृयाम फाइनलमा पुगेको थियो । अब फाइनलमा लिभरपुलसँग उपाधिका लागि जुन १ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।
    अप्रिल दोस्रो सातादेखि मैदान बाहिरै रहँदै आएका हृयारी केन च्याम्पियन्स लिगको फाइनलमा भने देखिने लगभग पक्का भएको हो । च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटी विरुद्धको खेलमा उनको पैतलामा चोट लागेको थियो ।
    केनले उपचार राम्रोसँग भइरहेको कारण छिट्टै खेलमा फर्किने विश्वास लिएका हुन् । उनले भने, ‘उपचार राम्रोसँग भइरहेको छ । अब चाँडै अभ्यास गर्नेछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार