जम्मु काश्मिर घटना : चीनले दियो भारतलाई कडा जबाफ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ६, २०७५

  • काठमाडौं , फागुन ६  । काठमाडौँ –जम्मु–काश्मिरमा आतंकवादी आक्रमण भयो । उक्त आक्रमणमा परी ४१ जना भारतीय सेनाहरुले ज्यान गुमाए । तर, भारतीय मिडियाले चीनलाई बिना कारण उक्त घटनामा मुछेको चिनीयाँ मिडिया ग्लोबल टाइम्सले बताएको छ ।

    उक्त डरलाग्दो आक्रमणलाई लिएर केही भारतीय समिक्षकहरुले चिनीले आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाएको ग्लोबल टाइम्समा उल्लेख छ ।

    मसुद अजहर, आतंकवादी संगठन जयस–इ–मोहमम्दका प्रमुख तथा ग्लोबल आतंकवादीलाई चीनले सहयोग गरेको आरोप निराधार भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    चीनले भनेको छ,‘आतंवादीहरुविरुद्ध कडा रुपमा उत्रिनुको सट्टा चीन र पाकिस्तानलाई दोषमात्र दिनु गलत हो । पाकिस्तान आफ्नै समस्यासँग जुधिरहेको छ । अजहरका कारण भारत र चीनबीचको सम्बन्धमा समस्या पैदा गरिरहेको केही चिनीया विश्लेषकहरुको भनाई पनि रहेको छ ।’ तर, सान्गाई इन्सीच्युट फर इन्टरनेशनल स्टडिजका एक उच्च अधिकारी लिउ जोङइले भनेका छन्,‘भारतले पहिला आफ्नो समस्यामा ध्यान दिनु जरुरी रहेको छ । के नयाँ दिल्लीले आक्रामक डिप्लोमेसीको प्रयोग गर्न चाहेको हो रु अजहर समस्यालाई राम्रो ढंगबाट पनि सुल्झाउन सकिन्छ ।’

    ‘आतंकवाद समस्या भारतीयका लागि सबैभन्दा ठुलो समस्या बन्दै गइरहेको छ । ठोस प्रमाणबिना भारतले पाकिस्तानलाई आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाएको छ । र चीनले पाकिस्तानलाई सहयोग गरेको अपरिपक्क तर्क पेश गर्दै आइरहेको छ । अरु देशलाई दोष लगाउनुहो सट्टा, विशेषः पाकिस्तान र चीनलाई दोष लगाउनुको सट्टा भारतले आफ्नो आन्तरिक अध्ययनलाई बढी ध्यान दिनु आवश्यक रहेको छ । आतंकवादलाई कसरी नियन्त्रण गर्ने आफ्नो एन्टी–टेरोरिजम नीतिमा अगाडि बढ्नु आवश्यक रहेको छ ।’ ग्लोबल टाइम्समा उल्लेख छ ।

    ग्लोबल टाइम्सले भनेको छ,‘आतंकवादविरुद्ध चीन र पाकिस्तान भारतका शत्रु होइनन् । भारत र पाकिस्तानको आफ्नै मुद्धाहरु रहेका छन् । तर, आतंकवादविरुद्ध लड्न बेइजिङ र इस्लामाबाद पनि उत्तिकै लागि परेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार