ट्विटरका सीईओलाई किन मन पर्दैन गुगल ?


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २६, २०७६

  • विश्वमा सबैले मन पराएको सर्च इन्जिन हो गुगल । जुनसुकै कुरा खोज्न पनि आजकाल गुगलको प्रयोग गरिन्छ । गुगले पनि आफुलाई राम्रो बनाउनको लागि नयाँ नयाँ फिचरहरु ल्याइ रहन्छ ।

    तर विश्वमा गुगललाई मन नपराउने मान्छे छन् भन्दा अचम्म लाग्छ होला । तर यो साँचो हो । गुगललाई मन नपराउने अरु कोही नभएर विश्वको चर्चित सामाजिक सञ्जाल ट्विटरका को-फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से हुन् ।

    ज्याक डोर्सेले ट्विट गर्दे मलाई डकडक गो सर्च इन्जिन मन पर्छ । म यसलाई लामो समय देखि डिफल्ट सर्च इन्जिनको रुपमा प्रयोग गरिरहेको छु भनेका छन् । आखिर केहो डकडक गो किन यति तारिफ गरिरहेका छन् ज्याकले ।

    केहो डकडक गो ?

    गुगल, विङ, यान्डेक्स जस्तै डकडक गो पनि एउटा सर्च इन्जिन हो । गुगल जस्तै चर्चित नभएपनि यसलाई धेरैले प्रयोग गर्छन ।

    डकडक गो सर्च इन्जिन सन् २००८ बाट सुरु भएको हो । यो लोकप्रिय हुनुको मुख्य कारण हो गोपनियता । हाम्रो गोपनियता नीति सरल छ, हामी व्यक्तिगत डेटा जम्मा पनि गर्दैनौ र अरुलाई सेयर पनि गर्देनौ डकडक गोको गोपनियता नीतिमा भनिएको छ ।

    सायद यहि कारण होला ट्विटरका सिईओले पनि यसलाई प्रयोग गर्न मन पराउछन् । गुगलको कुरा गर्दा गुगलले सर्चको आधारमा ट्रयाक गर्छ र विज्ञापन देखाउछ । गुगलले व्यक्तिगत डेटा पनि जम्मा गर्छ ।

    तर डकडक गो सर्चको आधारमा नत विज्ञापन देखाउछ नत व्यक्तिगत डेटा जम्मा नै गर्छ । यसमा अहिले ७८ जनाले रोजगारी पाएका छन् ।

    डकडक गो अहिले ५० मिलियन भन्दा बढि दैनिक सर्चको लागि प्रयोग भैरहेको छ । डकडकगो लाई अहिले सम्म १९ मिलियन डलर भन्दा बढि दान गरिसकेका छन् ।  विस्तारै डकडक गो का प्रयोगकर्ताहरु बढिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार