राष्ट्रिय टोलीमा मेस्सीको कमब्याक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २४, २०७५

  • काठमाडौं , फागुन २४ ।  काठमाडौँ –लामो समयसम्म राष्ट्रिय टोलीबाट बाहिर रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पुनः राष्ट्रिय टोलीमा फर्केका छन् । मेस्सी भेनेजुयला र मोरक्को विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा फर्किएका हुन् ।

    सन् २०१८ को विश्वकपपछि राष्ट्रिय टिमबाट नखेलेका उनी हाल मैत्रिपूर्ण खेलको लागि राष्ट्रिय टोलीमा फर्केका हुन् । ३१ वर्षे बार्सिलोनाका स्टाइकर मेस्सीले पछिल्लो समय राष्ट्रिय टोलीको ६ वटा मैत्रीपूर्ण खेलमा टिम बाहिर थिए ।

    रसिया विश्वकपमा अन्तिम १६ को खेलपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट केही समय विश्राम लिएका मेस्सी राष्ट्रिय टिमको जर्सीमा देखिने भएका हुन् । समर्थकहरुको ठूलो आग्रह र टिमको आवश्यक्तालाई मध्यनगजर गर्दै मेस्सी टिममा फर्केका हुन् ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार