साने म्यान्चेस्टर सिटीमै रहन्छन् : प्रशिक्षक पेप ग्वार्डियोला


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ३, २०७६

  • काठमाडौं । साउन ३ ।  म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक पेप ग्वार्डियोलाले टिमका स्टार खेलाडी लोरी साने क्लबमै रहनेमा आफु विश्वस्त रहेको बताएका छन् । पछिल्लो समय सानेलाई जर्मन क्लब वार्यन म्युनिखले अनुबन्धन गर्ने चर्चा चलिरहेको अवस्थामा उनले यस्तो धारणा राखेका हुन् ।

    उनले सांघाइका रिपार्टरसँगको कुराकानीमा साने यो सिजनमात्र नभई उनलाई सहज वातावरण भएमा अन्य धेरै सिजन क्लबमा रहने बताए । “सानेलाई धरै क्लबहरुबाट अनुबन्धनको कुरा आएको छ । तर, उनी सिटीमै रहन्छन्, उनलाई वार्यनले अनुबन्धन गर्ने भनेको कुरा झुटो हो,” ग्वार्डियोलाले भने ।

    ग्वार्डियोलाले सिटीलाई यो सिजन प्रिमियर लिगको उपाधि जिताएका थिए । २७ वर्षीय सानेले ब्राजिललाई कोपा अमेरिका जिताउन धेरै ठूलो योगदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार