काठमाडौं, नेपाल अब ऐतिहासिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउन लागिरहेको छ, जुन नेपाली खेलकुदका लागि एक चम्किलो नयाँ अध्याय हो ।
भारतको देहरादुनस्थित हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टर मा आगामी पुष १२ देखि १४ गतेसम्म आयोजना हुने शर्ट ट्रयाक स्पीड आइस स्केटिङ प्रतियोगितामा नेपालका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट २ महिला र ४ पुरुष खेलाडीले विभिन्न दूरीका दौड़मा मैदान प्रवेश गर्नेछन् ।
-
सिनियर पुरुष १००० मिटरमा — रमेश मोक्तान र अरुण खत्वे
-
जुनियर महिला ५०० मिटरमा — परी गुरागाईं र अल्का घिमिरे
-
जुनियर पुरुष २५० मिटरमा — जेभियर जंग थापा र सायोन अर्याल प्रतिस्पर्धा गर्दा छन् ।
प्रतियोगितामा टिम म्यानेजर को रूपमा रुम्पा सन्जु श्रेष्ठ र अफिसियल को रूपमा सत्य थापा पनि सहभागि हुनेछन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ले यो ऐतिहासिक कदमलाई नेपालको लागि निकै खुशीको कुरा भएको बताएका छन् । उनले भन्छन् कि नेपालको भूगोल र शीतकालीन खेलप्रतिको सम्भावनालाई ध्यानमा राख्दै, यसबाट नेपालले भविष्यमा अझ बढी उपलब्धि हासिल गर्ने विश्वास रहेको छ ।
साथै, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निवेदक राष्ट्रीय संघको रूपमा मान्यता प्राप्त संघ हो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














