शरीरलाई स्वस्थ राख्न दिनमा कम्तीमा ७–८ घण्टा निद्रा आवश्यक हुन्छ। तर धेरै मानिसहरूले पर्याप्त निन्द्रा नपाउँदा उच्च रक्तचाप (High Blood Pressure) र हृदयघात जस्ता गम्भीर समस्याको सामना गर्नुपर्छ। अनुसन्धानले देखाएको छ कि कम निद्राले रक्तचाप २० प्रतिशतसम्म बढाउन सक्छ, जुन स्वास्थ्यका लागि निकै चिन्ताजनक कुरा हो।
नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका अनुसार निद्राले हाम्रो स्नायु प्रणाली, हर्मोन र शरीरका अन्य कार्यहरू लाई नियन्त्रण गर्छ। पर्याप्त निद्रा नपाउँदा यी प्रक्रियामा असन्तुलन आउँछ र रक्तचाप बढ्न सक्छ।
जब हामी राम्ररी सुत्छौँ, हाम्रो रक्तचाप सामान्यतया १०–२० प्रतिशत घट्छ, जसलाई नक्टर्नल डिपिङ भनिन्छ। यो शरीरका लागि आवश्यक प्रक्रिया हो। तर राति पर्याप्त निन्द्रा नपाएमा उच्च रक्तचाप, मिर्गौला रोग, मधुमेह, बुढ्यौली, स्लीप एपनिया जस्ता समस्या देखा पर्न सक्छन्।
विशेषगरी कम निद्रा भएका मानिसहरूमा मुटु रोगको जोखिम पनि बढी हुन्छ। उच्च रक्तचापले समयसँगै हृदयाघात (Heart Attack) को खतरा बढाउँछ। त्यसैले सबै वयस्कहरूले दैनिक कम्तीमा ७–८ घण्टा राम्रो निद्रा लिनु आवश्यक छ।
मायोक्लिनिकको रिपोर्ट अनुसार, तपाईं जति कम सुत्नुहुन्छ, तपाईंको रक्तचाप त्यति नै उच्च हुन सक्छ। यदि पहिले नै उच्च रक्तचाप छ भने, निद्रा नपुग्दा अवस्था अझ बिग्रन सक्छ। लगातार कम निद्राले हर्मोनल परिवर्तन पनि ल्याउँछ, जसले उच्च रक्तचाप र हृदय रोगको जोखिम बढाउन सक्छ।
निष्कर्ष:
स्वस्थ जीवनका लागि राम्रो निद्रा अनिवार्य छ। दैनिक ७–८ घण्टा निद्रा लिनुहोस्, रक्तचापको नियमित निगरानी गर्नुहोस्, र आफ्नो मुटु र शरीरलाई सुरक्षित राख्नुहोस्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














