काठमाडौं । किताब- चरो नेपाल र ब्राइट फ्युचर स्कुलको सहकार्यमा बालबालिकाका निम्ति बालगीत अभियानअन्तर्गत निर्माण भएको बालगीत ‘बाह्र महिना’ विमोचन भएको छ ।
कलंकीस्थित ब्राइट फ्युचर स्कुलमा विशेष कार्यक्रमको आयोजना गरेर यस गीतको बिमोचन गरिएको थियो । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ रुपा झा ‘धिरू’, साहित्यकार प्रा. डा. छायादत्त न्यौपाने “बगर”, गीतकार रामबाबु सुवेदी र भिडियो निर्देशक आचार्य गोपाल, ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहन कार्की र प्रधानाध्यापक दयाराम थापा लगायतको उपस्थिति रहेको थियो ।
ब्राइट फ्युचर स्कुलका बालकलाकारहरू अश्लेशा न्यौपाने, मेमिम्शा धिताल,आहाना कार्की रहेको बालगीतका रचनाकार रामबाबु सुवेदी, सङ्गीतकार दिपक शर्मा, गायक पूजा देवकोटा र दर्शिल पन्त ।
भिडियो निर्देशक आचार्य गोपाल, छायांकार सुजय गौतम कोरियोग्राफर प्रमिला कार्की र मनिषा खत्री, सम्पादक वीरबहादुर थारू, सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रिस’ हुनुहुन्छ । यो भिडियो रामबाबु सुवेदीको युट्युव च्यानलमा हेर्न सकिन्छ ।
भिडियो
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















