काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता तथा समाजसेवी सुनिल के.सी.ले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
श्रमिकको हक, अधिकार, सम्मान र हितलाई प्राथमिकतामा राख्दै के.सी.ले उचित पारिश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, रोजगारीको सुरक्षा तथा श्रमिकका समस्या नीति निर्माणको तहसम्म पु¥याउने प्रतिबद्धता अघि सारेका छन् ।
त्यस्तै, अनौपचारिक क्षेत्रका श्रमिकको अधिकार संरक्षण, महिला श्रमिकका विशेष अधिकार, सीप विकास तथा रोजगारीका अवसर विस्तार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षालाई समेत उनले आफ्नो प्रमुख एजेन्डामा समेटेका छन् ।
“श्रमिकको सम्मान, श्रमिकको अधिकार—हाम्रो साझा अभियान” भन्ने नारासहित उम्मेदवारी दिएका के.सी.ले आफ्नो अभियानमा श्रमिक तथा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















