काठमाडौं । टोखाको त्रियोग हाई स्कुलमा चित्रकला प्रदर्शनी सूरु भएको छ । २ चैतदेखी सुरु भएको यस प्रदर्शनीमा त्रियोग हाई स्कुलका प्रिप्राईमेरी देखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थिले कोरेका मिथिला आर्ट, नेपालका कला झल्किने टुँडाल, आँखिझ्याल लगायतका वस्तु, वातावरण, हिमाल, पिकासो र भिन्सेन्ट भ्यानगगबाट प्रभावित चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् ।
यस प्रदर्शनीमा खेर गएका ¥यापिङ पेपर, कार्ड बोर्ड लगायतका वस्तुहरुको प्रयोग गरेर बनाईएका पेन्टिङ अवलोकन गर्न सकिन्छ । यस्तै स्टोन पेन्टिङ र हस्तकलाका सामानहरु समेत प्रदर्शनिमा राखिएका छन् ।
‘विद्यार्थीहरुमा चित्रकलाप्रति हौसला बढाउन र प्रोत्साहन दिनका लागि दस दिने प्रदर्शनी राखिएको हो ।’ त्रियोग हाई स्कुलकी कला शिक्षक ज्योती खड्काले भनिन् ‘पेन्टिङ तयार भएपछि विद्यार्थीहरुमा जुन उत्साह भेटियो, त्यसले मलाई एकदमै खुसी बनायो ।’ यस प्रकारको चित्रकला कार्यशालाले केवल सिर्जनात्मक सीप मात्र होइन, सामाजिक सद्भाव, आपसी सम्मान र स्वस्थ सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको खड्काले बताइन् ।
‘हामीले कक्षामा पढाएका कुरा व्यवहारमा उतार्न यो विधि अपनाएका हौं ।’ त्रियोगकी अतिरिक्त क्रियाकलाप प्रमुख (ईसिए इन्चार्ज) दीपा भट्टले भनिन्, ‘नेपालको कला झल्किने कुरा, वातावरण कसरी सफा राख्ने कुराको ज्ञान दिने हाम्रो उद्देश्य हो ।’
किर्तिपुरको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीले बनाएका पेन्टिङ पनि यस प्रदर्शनीमा राखिएका छन् । ल्याबोरेटरी स्कुलमा अध्ययनरत विद्यार्थीहलाई टोखाको त्रियोग हाई स्कुलका विद्यार्थीहरुले सघाएका थिए । पेन्टिङ सिकाउँन त्रियोग हाई स्कुल र ज्योती आर्टस् केयरको संयुक्त पहलमा एक दिने वर्कशप गरिएको थियो । विद्यार्थीहरुलाई पेन्टिङका लागि आवश्यक सरसामान उपलब्ध गराईएको थियो । टोखाको त्रियोग हाई स्कुलमा २ चैतदेखी सुरु भएको पेन्टिङ प्रदर्शनि चैत ११ सम्म चल्नेछ ।

फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















