काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि द्वितीय उपाध्यक्ष पदमा मनास्लु इन्टरनेश्नल सर्भिसका चेयरम्यान बालकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । जेठ २४ गते हुने निर्वाचनका लागि बैदेशिक रोजगार व्यवसाय संघको प्रस्तावमा द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
१६ वर्षदेखी म्यानपावर व्यवसायमा आवद्ध श्रेष्ठले राजनीतिकभन्दा मागि उठेर व्यवसायीहरुका हक हितको संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संघको संस्थागत सुदृढीकरण आफ्नो मुख्य एजेण्डा रहेको श्रेष्ठले बताए । ‘व्यक्तिगत स्वार्थ, पार्टीगत राजनीति भन्दा माथि उठ्नुपर्छ । व्यवसायी स्वतन्त्र हुनुपर्छ ।’ उनले भने, ‘म र मेरो टीमको उम्मेदवारी त्यसैका लागि हो ।’ हरिप्रसाद पाण्डेको समूहबाट उनले उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठले व्यवसायीहरु माथि बढ्दो प्रशासनिक जटिलता, डिमाण्ड प्रमाणीकरणमा हुने ढिलासुस्ती, श्रम स्वीकृति प्रक्रियाका समस्या तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न चुनौती समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायी र श्रमिकबीच विश्वासको वातावरण सिर्जना गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि संघलाई थप सशक्त बनाउने योजना रहेको उनको भनाइ छ ।
श्रेष्ठले अघि सार्नुभएका मुख्य प्रतिबद्धताहरूः
१. श्रमिक र व्यवसायीबीचको विश्वास अभिवृद्धि गर्ने
२. संघमा पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन कायम गर्ने
३. सरकारी निकायसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने
४. व्यवसायीका हकहित र अधिकारको पूर्ण संरक्षण गर्ने
५. वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि विशेष पहल गर्ने
६. व्यवसायीमैत्री वातावरण निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने
वैदेशिक रोजगार क्षेत्रमा अनुभवी र सालिन व्यक्तित्वका रूपमा चिनिने बालकृष्ण श्रेष्ठको यी प्रतिबद्धताहरूलाई व्यवसायीहरूले उत्साहजनक रूपमा लिएका छन् व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन उनको नेतृत्व आवश्यक रहेको धेरै व्यवसायीहरूको तर्क छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















