काठमाडौं । पर्यटन अभियन्ता किरण तिम्सेनाले आगामी निर्वाचनमा नुवाकोटबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) बाट चुनाव चिन्ह हसिया लिएर उम्मेदवारी दिने भएका छन्। विद्यार्थीकालदेखी नै राजनीतिमा सक्रिय तिम्सेनाले आगामि फागुन २१ मा हुन लागेको चुनावमा उम्मेदवारी दिन लागेका हुन् । पुराना दल र नेताहरुले अपेक्षाकृत रुपमा जनताको समस्या समाधान गर्न नसकेको भन्दै उनले उम्मेदवारी दिन लागेका हुन् । विशेषगरी पर्यटन क्षेत्रमा विद्यमान समस्या समाधान गर्न आफू केन्द्रीत हुने उनले बताए ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














