जुम्ला। कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण प्रगति भएको छ। जुम्लामा उच्च उचाइ प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा प्राप्त भएसँगै लामो समयदेखि रोकिएको योजना अघि बढेको छ।
National Sports Council Nepal का सदस्य–सचिव Ram Charitra Mehta लाई ‘द काउन्सिल अफ जेनजी’ का संयोजक Prakash Khadka ले जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
Patarasi Rural Municipality–३ लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको जग्गा स्थानीय दाताहरूले उपलब्ध गराएका हुन्।
२०७५ सालदेखि अलपत्र रहेको परियोजना खड्काको पहलपछि पुनः सक्रिय भई कार्यान्वयन चरणमा पुगेको बताइएको छ।
उक्त केन्द्र स्थापना भएपछि कर्णाली क्षेत्रमा उच्चस्तरीय खेल प्रशिक्षणको अवसर विस्तार हुने र यसले स्थानीयसँगै राष्ट्रिय खेलाडीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















