काठमाडौं । दुई दशक साङितिक क्षेत्रमा लागेका भेनाजु कृष्ण र एक दसक देखि यहि क्षेत्रमा लागेका साला हिक्मतको गजबको संयोग छ।यिनि दुबै जना शब्द कोर्छन संगीत सृजना गर्छन कहिले कसो गाउछन पनि ,सौभाग्य यिनी दुबैका सृजना जब गायक गायिकाले स्वरान्कन गर्छन त्यसपछी गित र कलाकार दुबै हिट हुन्छन। दुबैले बढी देउडामा कलम चलाए ता पनि लोक गित र आधुनिक गितमा पनि उत्तिकै कलम चलाएका छन र दुबै राम्रा गजल मुक्तक र कबिता लेख्ने साहित्यकार पनि हुन।
हिक्मत क्षितिजले भने साङितिक क्षेत्रको मार्गदर्शन र प्रेरणाको स्रोत भेनाजु कृष्ण लाई मान्छन उहाको हरेक शब्दको फ्यान नै हो रे, काठमाडौ को सामाखुसीस्थित रानिबारी मा बिगत ५ बर्ष यता दुर दर्पण नामक लाइभ स्टुडियो खोलेर नया प्रतिभाको प्रस्फुटन संगै काली र कर्णालीको देउडालाइ लाइभ मार्फत पहिलो पटक गित हरु बजारमा ल्याए, आफू भित्र अथाह कला स्वर र प्रतिभा हुदा पनि राजधानी को स्टुडियो सम्म पुग्ने आर्थिक क्षमता नभएका कयौ कलाकारलाई दुर दर्पणले सस्तो र सुलभ र गुणस्तर काम गरि प्रतिभाको प्रस्फुटन र मनको रहर पूरा गर्दिएको छ।
दुर दर्पणका सन्चालक कृष्न भन्छन यो काम त्यति सजिलो थिएन अफ्ठेरो का बाबजुद पनि हामीले सुरु गरेउ हरेक चुनौती र नाफा घाटाको हिसाब नगरी आज धेरै कलाकारको अभिभावक बन्न सकेका छौ,धेरैका रहर पूरा भएका छन संगैमा हाम्रो अर्गानिक देउडा पनि बिश्वमाझ परिचित हुँदैछ।
तपाइका सृजना सुपरहिट हुँदै गर्दा तपाइलाई दर्शकले कति चिन्छन भन्ने हाम्रो प्रश्नमा हिक्मत क्षितिज भन्छन हामी मुहान हौ सागर होइनौ ,मुहान सुके सागर बन्दैन सबैलाइ थाहा छ तर मान्छे सेल्फी फोटो मुहान सङ होइन सागर सङ लिन्छ अझ भनौ गितकार जरा हो सयौ फुल फुलाउन सक्छ तर सबैले मन जरा होइन फुललाई पराउछन। मलाइ नचिन्दा झनै आनन्द आउँछ बस मेरो सृजना चिन्दिए पुग्छ।
यिनि भिनासाला बाट सृजित धेरै गित हरु हिट छन आर्थिक नाफा घाटाको सवाल नगरी निरन्तर आफ्नौ मौलिक सस्कृती जोगाउन दुबै जना उतिकै सक्रिय छन।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















