काठमाडौँ । रसुवा बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत उनी भदौ १० गते भोटेकोशीमा आएको बाढीमा केरुङ नाकाबाट बेपत्ता भएका थिए ।
सो क्रममा पत्रकार महासंघले झन्डा ओढाएर उनका सम्झनामा १ मिनेट मौन धारणा गरेको थियो । आर्यघाटमा थामीका आफन्त र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।
उनी सम्पर्कमा नआएका कारण परिवारको निर्णयमा अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















