केटाको अभाव भएको देश : जहाँ विवाह गर्न केटाको खोजीमा हुन्छन् हजारौ युवतीहरु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९ । काठमाडौँ –प्रत्येक केटीको युवावस्थामा विवाह गर्ने सपना हुन्छ । विवाह धूमधामले होस् उसको चहानना हुन्छ ।  तर,  यस्तो एक ठाँउ रहेको छ जहाँ महिलाले विवाह गर्न निकै कठिन भएको छ  । सो ठाँउमा सुन्दर महिलाहरुले पनि कुमार केटा पाउन सकेका छैनन् ।

    ब्राजीलको नोइवा दो कोरडेएरो कस्बेमा २० देखि ३५ बर्षका महिलाहरु अहिले पनि आफ्ना लागि वरको खोजीमा रहेका छन् । उक्त  कस्बेमा हजारौ केटिहरु विवाह गर्नका लागि तड्पिएका छन् । सो कस्बेमा टाउको दुखाइको बिषय सुन्दर महिलाहरुले कुमार केटा नपाउनु बनेको छ ।

    कस्बेमा बस्ने केटिहरु माया र विवाहको सपना देखेका छन् तर विवाहको लागि मात्र उनिहरु कस्बा छोड्न चाहादैनन् । उनिहरु छिमेकी गाँउका पुरुहरु विवाह गरुन्  र कस्बेमा आएर सँगै बस्न् भन्ने चाहान्छन् ।  साथै पहाडको बिचमा रहेको कस्बे गाँउमा धेरै कम विवाहित पुरुष रहेका छन् र बाकि जो कुमार केटा छन् ती केशोरावस्था प्रवेश गर्दै छन् ।

    कस्बेको यो समस्या केटा -केटि बिचको जन्मदरको भिन्नताका कारण उत्पन्न भएको हो । कस्बेमा खेती-किसानी समेत महिलाको वर्चस्व रहेको छ । सो स्थानमा महिलाले बनाएको नियम कानुन अनुसार नै पुरुषले चल्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार