नरेशको ‘लुट्यौ तिमीले’ सार्वजनिक, नायिका केकी अधिकारी र कलाकार बुद्धि तामाङको अभिनय


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २९, २०८०

  • काठमाडौं । इलाम जिल्ला चुलाचुली घर भई हाल बेलायत बस्दै आएका साहित्यकार, गीतकार नरेश विक्रम नेम्वाङको शब्दमा रहेको ‘लुट्यौ तिमीले’ गीत युट्युवमा सार्वजनिक भएको छ । चर्चित नायिका केकी अधिकारी तथा अर्का कलाकार बुद्धि तामाङको अभिनय रहेको सो गीतमा संगीतकार शिखर सन्तोषको संगीत रहेको छ भने भारतिय चर्चित गायीका सञ्जिवनी तथा अर्का चर्चित गायक राज सिग्देलले गीतमा स्वर भरेका छन् ।

    बेलायत बस्दै आएका साहित्यकार,गीतकार नेम्वाङ विगत लामो समयदेखि साहित्य सिर्जना गर्दै आइरहेका छन् । बेलायतमै रहेर नेपाली गीत संगीतको सेवामा समर्पित रहेका साहित्यकार नरेश विक्रम नेम्वाङको यस गीतको म्युजिक भिडियो निर्देशन अहिलेका चर्चित म्युजिक भिडियो डाइरेक्टर निकेश खड्काले गरेका हुन्। म्युजिक भिडिओको उत्पादन रहेको यस गीतको म्युजिक भिडिओ म्युजिक नेपालको युट्युबबाट सार्वजनिक भएको हो ।

    म्युजिक भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार