मोरङ- असोज २१ गते मोरङ, लेटाङ–२ की १३ वर्षीय अंशु गौतम घर नजिकै खेल्न निस्किँदा बे’पत्ता भइन्।
१७ दिनपछि घरदेखि करिब ४ किलोमिटर टाढा चारकोसे झाडीमा उनको अ’वशे’ष फेला परेको थियो।साढे दुई महिनापछि प्रहरीले ह’त्याका आरोपितका रूपमा अंशुले ‘बाजे’ भन्थिन् ती ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई सार्वजनिक गर्यो। प्रहरीको अनुसन्धानअनुसार-घटनाको दिन पदमबहादुर अंशु खेलिरहेको ठाउँमा पुगे। अंशुसँग रहेकी अर्को बालिकालाई ५ रुपैयाँ दिएर चकलेट किन्न पठाए।
अंशुलाई मोबाइल चलाउँन दिन्छु भन्दै फकाएर साइकलमा चढाई करिब ४ किलोमिटर टाढा जंगलमा लगे। जंगलमा गएपछि क’र’णी ग’र्ने प्रयास गरेपछि दुइ टु”क्रा पा’रेर घट्ना घटाएको प्रहरीको भनाइ छ।
घटनापछि उनले अभिनयझैँ गर्दै, परिवारसँगै रोए, गाउँलेसँगै खोजीमा दौडे, र अंशु भेटिएको दिन पनि घटनास्थलमै उभिएर ‘रमिते’ बने। प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गर्यो।
तर वास्तविक मोड आयो, पदमबहादुरका छोरा जबरजस्ती करणी मुद्दामा जे’लबाट कात्तिक १८ गते छुटे, भोलिपल्टै (कात्तिक १९) पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालय भागे। यही व्यवहार प्रहरीका लागि मुख्य सुराकी बन्यो।
भारतमा गाई फार्ममा लुकेर बसेका उनलाईमानसिक तनाव, र प्रहरीले आफन्तमार्फत बनाएको द’बा’बका कारण अन्ततः नेपाल फर्कन बा’ध्य भए। प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्-“गाई दुहुँदा बाल्टिनमा दुधको साटो र’गत देखेजस्तो हुन्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो।”
सोहि ब्याक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ भने घट्नाको बारेमा उनले सबै कुरा स्वीकार गरिसकेका छन् ।
फ्रन्टलाइन नेपाल डट कम :
- पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
- बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ
- पुस २६ गतेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह
- थिंक एजुकेश्नल कन्सल्ट्यान्सीका सीईओ दिपेन्द्र कुँवर फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दोस्रो पटक निर्वाचित
- क्रिकेटर सुपरस्टार शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडरमा नियुक्त
- स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा रु २१ लाख आम्दानी
- लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ
- निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड













