काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउँदैछ। राष्ट्र बैंकका अनुसार साविककै आकार र रङमा ल्याउन लागिएको नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ।
नयाँ नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० तुरुन्त पाइने छ’ भन्ने वाक्यांश उल्लेख छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ५० रुपैयाँको अङ्कसमेत रहनेछ। नोटको पृष्ठभागमा भने हिउँ चितुवाको चित्र राखिएको छ।
त्यसैगरी नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको सिरिजमा नेपालीतर्फ ‘वि.सं. २०८२’ र अंग्रेजीतर्फ ‘२०२५ एडी’ उल्लेख गरिएको छ। नयाँ नोटको सङ्केत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहनेछ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















