उपन्यासको रोयल्टी पचास हजार रुपैंयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १३, २०७४

  • काठमाडौं, मंसिर १ – साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बुधबार राजधानीमा लोर्कापण भएको छ । उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्राडा कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरिएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरेले उपन्यास अत्यन्त सरल एवं उत्कृष्ट रहेको र पाठकको मन सजिलै तान्न सफल हुनेमा बिश्वास ब्यक्त गरे । जयकाली प्रकाशन प्रालिले प्रकाशन गरेको उक्त उपन्यासको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंयाँ लेखक अनल गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।

    जयकाली प्रकाशनका अध्यक्ष एकराज सापकोटाले आफूले लेखकलाई उपलब्ध गराएको अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेकोमा खुशी ब्यक्त गरे ।

    शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए । यस उपन्यासको बजार मूल्य ३५० रुपैंयाँ राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार