भक्तपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट भक्तपुर २ मा पत्रकार जन्मदेव जैसीले उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट सान्नि त्रिवेणी १ का जैसीको प्रस्तावकमा सन्तोष परियार र समर्थक जयराम वाग्ले रहेका छन् । श्रमजीवी पत्रकारहरूका लागि लामो समयदेखि लडाइँ लडिरहेका जैसी अभियन्ताका रूपमा परिचित छन् । आफूले चुनाव जितेमा फेरि पनि श्रमजिवि पत्रकारहरूकै क्षेत्रमा काम गर्ने उनले बताए ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














