काठमाडौँ, ७ माघ : राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।
रक्तदानसँगै निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।
विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














