भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित बिज एजुकेसनले आयोजना गरेको ग्रान्ड युके र अस्टे«लिया फेस्ट सम्पन्न भएको छ । यसै जनवरी ३० मा डिल्लीबजारस्थित बिज एजुकेसनको कार्यालय र जनवरी ३१ मा गठ्ठाघर कार्यालयमा ग्रान्ड युके र अस्ट्रेलिया फेस्ट सम्पन्न भएको हो ।
बिज एजुकेसनले युके र अस्टे«लिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनका ग्रान्ड युके र अस्ट्रेलिया फेस्टको आयोजना गरिएको जनाएको छ । यस अवसरमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक परामर्श लिएका थिए । युके र अस्टे«लिया जानु अगाडी विद्यार्थीहरुले के कस्ता सीप सिकेर जा“दा राम्रो हुन्छ ? अध्ययनका लागि कुन युनिभर्सिटी जा“दा उपयुक्त हुन्छ ? परामर्शदाताले विद्यार्थीको जिज्ञासा मेटाएका थिए । बिज एजुकेसनका फाउण्डर डाइरेक्टर क्रितु केसीले ग्रान्ड युके र अस्ट्रेलिया फेस्ट भव्यतापुर्वक सम्पन्न भएको बताए ।
बिज एजुकेसनकी रेखा नेगी लामाका अनुसार अर्को इभेन्ट फेब्रुअरी ६ तारेखमा हुनेछ । बिज एजुकेसनले क्रिकेटर हेमन्त धामी, हास्यकलाकार जितु नेपाल, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरिसकेको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














