काठमाडौं। बाल प्रतिभाको पहिचान, आत्मविश्वास विकास तथा सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बाबुतर्फ अयान तिवारी र नानीतर्फ ज्योति बम्जन ले नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि जित्न सफल भए। नानीतर्फ स्तुति खड्का प्रथम उपविजेता (First Runner-up) र आरोही कटवाल द्वितीय उपविजेता (Second Runner-up) घोषित भइन्।
त्यसैगरी बाबुतर्फ सिवान्सु जंग न्यौपाने प्रथम उपविजेता र कौशल बलायर द्वितीय उपविजेता बने। कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान सरस्वती थापा लाई प्रदान गरिएको थियो। रेडियो आहा १०४.५ मेगाहर्ज की व्यवस्थापक निर्देशक आकृति सुवेदी विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। प्रतियोगिताको मूल्यांकन समर्पण जंग कार्की, दिनेश क्षेत्री, सागर सुनार तथा डा. मीना प्रधान सम्मिलित निर्णायक मण्डलले गरेका थिए। यस अवसरमा वरिष्ठ पत्रकार डि.वि. पराजुली लाई विशेष सम्मान प्रदान गरिएको थियो भने मोडेल तथा अभिनेता सुमन अधिकारीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी बालबालिकाहरूले प्रस्तुति, आत्मविश्वास, अनुशासन, अभिव्यक्ति र प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै विभिन्न सब–टाइटलहरू प्रदान गर्दै उनीहरूको विशेष क्षमतालाई पनि सम्मान गरिएको थियो। नेपाल चाइल्ड स्टार जस्ता कार्यक्रमहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै उनीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्दै गएको छ।
कार्यक्रमको आयोजना आदर्श इन्टरटेन्मेन्ट हाउस ले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो। आयोजकका अनुसार यो सम्मान बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको महत्वपूर्ण भूमिकालाई सम्मानका लागि प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ रेडियोकर्मी तथा पत्रकार हेम सुवेदी रहनु भएको थियो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














