आज म अत्यन्त भावुक भएँ।
अचानक आमाको फोन आयो।
उहाँले सोध्नुभयो —
“छोरा, चुनावको प्रचार–प्रसार कस्तो हुँदैछ? अरू सबै उम्मेदवारको घरदैलो गरेको भिडियो देख्छु, तर तेरो कतै देख्दिन। तेरो बा र म धेरै चिन्तामा छौँ। अहिले सम्म कता के गर्दैछस्? साथीहरू छन् कि एक्लै छस्?”
मैले शान्त स्वरमा जवाफ दिएँ —
“आमा, म राम्रै गरिरहेको छु। तर म अरू उम्मेदवारहरूभन्दा अलि फरक सोचका साथ अगाडि बढिरहेको छु।
यो बढ्दो शहरीकरण, त्यसमाथि धुलो–धुवाँ उडाएर, ध्वनि प्रदूषण गर्दै जनताको घर–घरमा पुगेर असहज वातावरण सिर्जना गर्नु मेरो सभ्यता होइन।
बरु अनावश्यक भिडभाड र खर्चलाई सृजनशील, ऊर्जाशील र गतिशील युवाहरूका लागि सकेसम्म रोजगारी सिर्जना गर्ने अभियानमा लगाउने सोच बनाएको छु।
यो विज्ञान र प्रविधिको डिजिटल युग हो। म यही सम्भावनालाई सदुपयोग गर्दै, खर्च घटाउने उद्देश्यले चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै डिजिटल अनलाइन प्रविधिको सूक्ष्म अध्ययन र बृहत् प्रयोगलाई अपनाएको छु।
भ्रष्ट र दलालहरूको साथ वा विरोधले केही फरक पार्दैन।
तर परिवर्तन चाहने नेपाली जनताको साथ, हात सधैं अमूल्य, अतुलनीय र ऐतिहासिक हुनेछ।
आमा, देशको नाम र स्वाभिमान इतिहासको अमर पानामा धेरै पटक स्वर्णिम अक्षरले लेख्न सफल तपाईंको कान्छो छोरा हुँ। अब देश बचाउन र निर्माण गर्न साहस गरेको छु।
जितेँ भने आश हुनेछ, हारेँ भने अभ्यास हुनेछ, आमा।”
प्रतिनिधि सभा सदस्य उम्मेदवार
सुनसरी निर्वाचन क्षेत्र नं. १
विश्वकृतिमानी — डा. रक्षकुमार राई
चुनाव चिन्ह: “घोडा”
जय देश! जय युवा!
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














