काठमाडौं। संसद सचिवालयले नयाँ संसद गठनसँगै संसदीय दलको संरचना, कार्यालय व्यवस्थापन र सेवा–सुविधाबारे छलफल गर्न ६ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय दलका कार्यालय, कर्मचारी व्यवस्था तथा उपलब्ध गराइने सेवासुविधाबारे धारणा आदानप्रदान गर्न बैठक आयोजना गरिएको हो।
बैठकमा नयाँ संसद भवनको भौतिक अवस्थाबारे जानकारी गराउने र प्रारम्भिक चरणमा देखिन सक्ने असहजताबारे अवगत गराउने तयारी गरिएको छ।
ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले पुरानै कार्यालय प्रयोग गर्नेछन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका लागि वैकल्पिक कार्यालय व्यवस्थाबारे छलफल भइरहेको जनाइएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















