काठमाडौं। नयाँ प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम आगामी १३ चैत मा हुने तय गरिएको छ। राष्ट्रपति कार्यालयमा आयोजना हुने उक्त कार्यक्रममा नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइनेछ।
शपथग्रहणसँगै नयाँ मन्त्रिपरिषद् गठन प्रक्रिया पनि अगाडि बढ्ने जनाइएको छ। स्रोतका अनुसार प्रारम्भिक चरणमा सीमित संख्यामा मन्त्री नियुक्त गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गरिने तयारी छ।
नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच आवश्यक परामर्श र सहमति प्रक्रिया जारी रहेको बताइएको छ। साथै, शपथ कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संघीय संसद सचिवालय तथा सम्बन्धित निकायहरूले तयारी तीव्र पारेका छन्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















