काठमाडौँ, २७ चैतः केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध रु २५ हजार जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।
ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट रु चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ । निजहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















