काठमाडौ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले कन्सलटेन्सिहरूको नवीकरण, अनुगमन र नयाँ दर्ता खुलाउन पहल लिएको छ ।
फेकनले शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराई, सचिव चूडामणि शर्मा, शिक्षा मन्त्रीको सचिवालय, कानून मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा संसदीय दल, शिक्षा तथा स्वास्थ्य समितिका सभापति ओजस्वी शेरचन लगायत विभिन्न संसदीय तथा सरकारी निकायहरूमा धरौटी लगायतका विषयमा ज्ञापनपत्र बुझाउँदै आफ्नो धारणा तथा प्रस्ताव प्रस्तुत गरेको छ।
फेकनले उक्त पहलमार्फत शैक्षिक परामर्श व्यवसायीहरूको हकहितसँग सम्बन्धित कैयौं महत्वपूर्ण मुद्दाहरू सम्बन्धित निकायसमक्ष पेश गरेको छ । ‘आजका छलफल, बहस तथा परामर्शहरू सकारात्मक दिशातर्फ उन्मुख छन् ।’ फेकनका महासचिव दिपेन्द्र पोखरेलले भने ‘व्यवसायमैत्री वातावरण निर्माण हुने आधारहरू क्रमशः बलियो बन्दै गएको छ।’ प्रभावकारी रूपमा मुद्दाहरू उठान भएको उनले बताए । व्यवसायीहरूको हक, हित तथा व्यावसायिक सुरक्षाका पक्षमा फेकनले निरन्तर सक्रिय र प्रतिबद्ध रहेको जनाएको छ ।




फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















