काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो ।
न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि इरानले खेलको ३२औँ मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।













