भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।
सम्पर्कविहीन भएकाहरूको विवरण —
जलविद्युत आयोजनाहरूबाट: ९३३ जना
विदेशी नागरिक: ५१७ जना
गैरआवासीय/विदेशमा बस्ने नेपाली नागरिक: १२७ जना
जिल्लागत: रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना
सुरक्षाकर्मीहरू: नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरी बलका १३ जना
अन्य निकाय: भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















