काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । बन्दिहरुले संकलन गरेको ५ लाख ५१ हजार सहयोग प्रदान गरेका छन् ।
बिहीबार केन्द्रीय कारागारमा एक कार्यक्रमको आयोजना गरेर उक्त रकम काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा नेपालीहरु आँशुमा डुबिरहेका बेला बन्दिहरुले गरेको आर्थिक सहयोगको ठुलो अर्थ रहने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उक्त रकम बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताए ।
रसुवाको महाविपत्तिले नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको बताउँदै यो दुखद घडीमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । कानुनी दायराभित्र रहेका कैदीबन्दीहरु नेपालकै नागरिक भएकाले पीडितहरुप्रति उनीहरुको मन जोडिएको बताए ।
सहयोग रकम जति भए पनि यसको महत्व र भावनाका हिसाबले अत्यन्त ठूलो र अमूल्य प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















